Posted by : kalpana
02 Tue, 2023
यात्री मोटरसाइकलको प्रोजेक्ट वान सस्तो मूल्य ट्यागको साथ अत्यधिक प्रत्याशित मोडल – प्रोजेक्ट शून्य संगै नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ।
४ इन्जिनियर सहित ७ जना नेपाली युवाको समान योगदानमा सुरु भएको नेपालकै स्टार्ट-अप यात्री मोटरसाइकलले आफ्नो दोश्रो मोडल सार्वजनिक गरेको छ । एक भर्चुअल कार्यक्रमका साथ कम्पनीले आफ्ना दुईवटा मोडल – “प्रोजेक्ट वान” र “प्रोजेक्ट जिरो” को स्पेक र मूल्य सार्वजनिक गरेको छ । निसन्देह, यी मोडलहरु आशावादी देखिन्छन र नेपालमा इनोभेसन तर्फ विश्वासको दियो बाल्नेछन ।
यो स्टार्ट-अप दुईपहिया र चारपहियामा निरन्तर लगावपछी उत्कृष्ट डिजाइन टिमका साथ नेपालमा एउटा अपवादात्मक उत्पादन निर्माण गर्ने सपनापछि कार्यान्वयनमा आएको यात्री मोटरसाइकलका संस्थापक अशिम पाण्डे बताउछन् ।
यहाँ हामी यात्री मोटरसाइकलको दोस्रो उत्पादन, प्रोजेक्ट वान (पी -१) को विवरणमा केन्द्रित हुनेछौं।
ब्याट्री ३.० किलोवाट आवर
ब्याट्री प्रकार लिथियम – आयन
पीक पावर १४ किलोवाट (१९ एच पी )
पीक टर्क ४८० एनएम (चक्कामा)
रेन्ज ११० किमी
उच्च गती १०० किमी प्रति घण्टा
चार्जिंग समय ६ घण्टा ( ३ किलोवाट आवर द्रुत चार्जरमा १ घण्टा)
टायर डुअल पर्पज ट्युबलेस टायर
टायरको नाप ११०/७० -१७ (अगाडी) / १२०/८०-१७ (पछाडी ) – डिस्क
ट्युबलेस टायर छ
ब्रेकिंग प्रकार स्ट्याण्डर्ड
सस्पेन्सन यु एस डी फर्क्स र मोनोशक
सिटको उचाई –
ग्राउण्ड क्लिरेंस २७० मि मि
क्रबको तौल ११० के जी
रंग सिल्भर
समग्रमा पी-१ फ्यूचरिस्टिक रुपमा तयार गरिएको छ जसको लुक अलि क्लासिक र बनावट सुरिलो छ। कम्पनीका अनुसार यो मोडल शहरी मोबिलिटीलाइ पुनर्जीवित गर्ने र एक हल्का र धेरै नै फुर्तिलो बडीका साथ उत्कृस्ट सस्पेन्सन र उपराइट एर्गोनोमिक्सका कारण नेपालको भू-भागमा दैनिक रुपमा प्रयोग गर्न मिल्ने सवारी हुनेछ । साधारण प्रोफाईल तर डर्ट बाइकको भाइब आउने यस मोडलले बजार तताउने विश्वास कम्पनी गर्दछ । यस मोडलको बडी पी – जिरो भन्दा हल्का देखिएको छ । सायद पी – जिरो भन्दा कम ब्याट्री पावर भएकाले ब्याट्रीको स्थान पनि खुम्च्याइएको छ ।
पी-१ एक रंग विकल्पमा उपलब्ध बनाइएको छ: सिल्भर
पी-१ मा गोलो आकारको लेड हेडल्याम्प, डी आर एल एस , र रियर लेड टेल ल्याम्प सुविधाहरू छन्। पी-१ का अन्य सुविधाहरूमा एक डुअल स्पोर्ट्स इलेक्ट्रिक मोटरसाइकल, न्यूनतम स्टाइलिंग, स्थायित्व र राम्रो पर्फर्मेन्स लागि कार्बन फाइबरको शरीर, एलईडी बत्तीहरू, हल्का वजन र फुर्तिलो बनावट, अपराइट राइड मुद्रा, फ्रन्ट युएसडी र रियर मोनोशक सस्पेन्सन , डुअल- पर्पज टायरहरू, डुअल डिस्क ब्रेकिंगहरु लगायतका छन् ।
पी -१ मा ३.० किलो वाट आवर ब्याट्री प्याक हुनेछ जुन ६ घण्टा भित्र घरेलु सकेटमा चार्ज गर्न सकिन्छ र द्रुत चार्जिंग विकल्पले ब्याट्रीलाई एक घण्टामा चार्ज गर्छ। पी -१ को पीक पावर १४ किलोवाट (१९ एचपी) हुन्छ जबकि चक्कमा टर्क ४८० एनएम हुन्छ । पी -१ को दाबी गरिएको दायरा ११० किलोमिटर हो। मोटरसाइकलको ग्राउन्ड क्लीयरेंस २७० मिमी हो। मोटरसाइकलको कर्ब तौल ११० केजी रहेको छ।
नेपालमा प्रोजेक्ट वानको मूल्य रु ४,९५,००० तय गरिएको छ । इच्छुक खरीदारले १०,००० रुपैयाँको प्रारम्भिक भुक्तानीको साथ मोटरसाइकलको बुकिंग गर्न सक्दछन।